काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ ।
आइतबारदेखि राजधानीमा जारी बैठकको आज तेस्रो दिन पनि नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि आ आफ्नो धारणा राख्नेछन् ।
दोस्रो दिन सोमबार ८० जनाले आ–आफ्नो धारणा राखेका थिए । दोस्रो दिन अधिकांशले पार्टी सच्चिनुपर्ने, पार्टीमा युवाको सहभागिता बढाउनुपर्ने, पार्टीको सङ्गठन निर्माणमा ध्यान दिनुपर्ने लगायतका धारणा राखेका थिए ।
बोल्नका लागि कुल १८० जनाले नाम टिपाएको माओवादीले जनाएको छ । आइतबारको बैठकमा प्रचण्डले आफ्नो राजनीतिक प्रस्ताव पेस गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ पुस २०८१, ०७ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी संसदीय दलको बैठक सिंहदरबारमा
ओलीलाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक अधिकार छैन : माओवादी
माओवादी विराटनगर सम्मेलनमा प्रचण्ड आउने
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा माओवादी केन्द्रका नेताहरु पुगे चीन
माओवादीद्वारा यी ८ बुँदे सर्कुलर जारी
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादीको उपाध्यक्षमा मनोनीत