दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास र समृद्धिका लागि दुई दलीय व्यवस्था आवश्यक रहेको बताएका छन् । दाङका कम्युनिष्ट नेता श्रीमणि आचार्यको सालिक अनावरण समारोहमा सहभागी हुन दाङ आएका उनले धेरै राजनीतिक दल हुँदा अस्थिरता बढ्ने भन्दै विकास र समृद्धिका लागि दुई वटा दलमात्रै हुनुपर्ने बताए ।
‘धेरै राजनीतिक दल भए अस्थिरता बढ्छ’, महासचिव पोखरेलले भने, ‘जति धेरै दल रहन्छन्, त्यति धेरै अस्थिरता बढ्छ । त्यसैले दुई दलीय व्यवस्था नै उपयुक्त हुन्छ ।’ नयाँ दलले देशलाई निकास दिन नसक्ने भन्दै उनले पुरानै दलमा सुधार खोज्नुपर्ने बताए । ‘नयाँ दलबाट केही हुँदैन’, उनले भने, ‘पुराना दलमा भएको खराब प्रवृत्तिलाई सुधारेर अघि बढेमात्रै देशको प्रगति सम्भव छ ।’
महासचिव पोखरेलले आजै तुलसीपुर उपमहानगरपालिका- ११ मालेडाँडामा राखिएको दाङका संस्थापक कम्युनिष्ट नेता स्वर्गीय श्रीमणि आचार्यको सालिक अनावरणसमेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ असार २०८१, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्ञानेन्द्रको ‘थ्रेट’ सामु राप्रपा निरिह बन्यो: शंकर पोखरेल
समाजवादी मोर्चाले गर्न लागेको जनप्रदर्शन सकारात्मक: शंकर पोखरेल
धार्मिक राज्य र हिन्दु राजाबारे शंकर पोखरेल– 'भारतमा जस्तै नेपालमा पनि संविधानले दिँदैन'
फ्यालिएको राजतन्त्रका नाममा समय खेर नफालौँ : महासचिव पोखरेल
अमेरिका र युक्रेनबीच भएको प्रत्यक्ष वार्ताले महत्वपूर्ण पाठ सिकाएको छ : पोखरेल
देशको विकास र समृद्धिका लागि नेतृत्वप्रतिको भरोसा आवश्यक : शंकर पोखरेल