नाबालिकामाथि जबरजस्ती करणी, प्रहरी जवान पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ०७ असार २०८१, १३ : ३७
नाबालिकामाथि जबरजस्ती करणी, प्रहरी जवान पक्राउ

हेटौंडा। १७ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आपरोपमा प्रहरी जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी चौकी भार्तामा कार्यरत प्रहरी जवान कञ्चनपुर घर भएका २४ वर्षीय सन्तोष बोट रहेका छन् ।

१७ वर्षीया नाबालिकाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गरेपछि प्रहरी जवानलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रमुख एसपी सिताराम रिजालले जानकारी दिए ।

एसपी रिजालले नाबालिकामाथि जरबजस्ती करणी गर्ने प्रहरी जवानलाई १६ जेठमै पक्राउ गरिएको बताए । तर, प्रहरीबाटै भएको जबरजस्तीकरणीको मुद्दा गुपचुपमा राखिएको थियो ।

एसपी रिजालका अनुसार प्रहरी जवान बोटले ८ कक्षामा अध्ययनरत नाबालिकामाथि अन्तिम पटक जेठ ११ जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । अभिभावकविहीन नाबालिकालाई प्रेमको बहानामा पटक-पटक जबरजस्तीकरणी गरेको जाहेरीमा छ । नाबालिकाले १६ जेठमा जिल्ला प्रहरी कार्यालयमा आएर जाहेरी दर्ता गराएकी थिइन् ।

जाहेरीमा नाबालिकाले भार्ता प्रहरी चौकीको भान्सा कोठामा लगेर जवान बोटले पटक-पटक जबरजस्ती करणी गरेको उल्लेख गरेकी छन् ।अन्तिम पटक ११ जेठमा पनि नाबालिका बस्दै आएको ३ नम्बर वडाकै कटुञ्जेस्थित छात्राबासको भान्सा कोठामा लगेर जबरजस्तीकरणी गरेको आरोप लगाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस