काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको कार्यतालिका अनुसार यो वर्षको एसईई चैत ७ गतेदेखि हुने भएको छ । बोर्डले पहिलो पटक मितिसहितको तालिका सार्वजनिक गरेको हो । परीक्षाको नतिजा भने २०८२ असार ६ गतेभित्र प्रकाशित गरिने भएको छ । सार्वजनिक गरिएको वार्षिक कार्य योजना अनुसार कक्षा ९ को रजिस्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम छपाई र वितरण २०८१ कात्तिक १ देखि कात्तिक मसान्तसम्म गरिनेछ ।
त्यस्तै कक्षा ९ को रजिस्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम भराउने २०८१ कात्तिक २६ गतेदेखि पौष ७ गतेसम्म हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ असार २०८१, १४ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सकियो यस वर्षको एसईई, नतिजा असार ७ भित्रै
एसईईमा अमर्यादित काम गर्ने केन्द्राध्यक्षसहित सबै निरीक्षक हटाइयो
मकवानपुरमा ६ कैदीबन्दी एसईई परीक्षामा सहभागी
एसईई आजदेखि शुरु
केन्द्रीय कारागाबाट यो वर्ष १९ जनाले एसईई दिँदै
एसइई परीक्षाको तयारी पूरा, पाँच लाख आठ हजार विद्यार्थी सहभागी हुँदै