काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले वायु सेवा सुधार सम्बन्धी सुझाव के के कार्यान्वयन भयो भनेर संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङसँग जवाफ मागेकी छन् ।
बिहीबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले नेपाल सरकारको शतप्रतिशत लगानी रहेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) निरन्तर घाटामा रहेको स्मरण गराइन् ।
सरकारले निगमको सुधारका लागि सुझाव दिन २०५८ सालयता ८/९ वटा सुझाव समिति तथा कार्यदल गठन भएको उल्लेख गर्दै उनले ती सुझाव के कति कार्यान्वयन भए भनेर सोधेकी हुन् ।
पछिल्लो पटक २०७६ मा गठित सुझाव कार्यदलको प्रतिवेदन पेश भएको र उक्त प्रतिवेदनमा तत्काल गर्न सकिने सुधार र दीर्घकालीन सुधारहरु उल्लेख गरिएको भन्द सांसद गौतमले प्रश्न गरिन्, ‘सुझाव कार्यदल गठन गरेर प्रतिवेदन सार्वजनिक गर्नाले मात्र वायु सेवा सुधार हुँदैन । सो सुझाव के के कार्यान्वयन भयो ? के बाँकी छ ?’
यसबारे संसदलाई जानकारी गराउन उनको माग छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ असार २०८१, १२ : ५६
लेखकबाट थप