काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रवास विशेष प्रदेश समितिले आङकाजी शेर्पा विरुद्ध प्रहरीमा उजुरी दिएको छ । जसपाको प्रवास विशेष प्रदेशका संयोजक डा.कृष्णकुमार राई र ललितपुर जिल्ला अध्यक्ष कर्म महर्जनले बुधवार शेर्पाविरुद्ध प्रहरीसमक्ष उजुरी दिएका हुन् ।
प्रवास विशेष समिति र बालकुमारीस्थित जिल्ला पार्टी कार्यालयबाट कागजात र फर्निचर लगेको आरोपमा शेर्पा र उनको समूहलाई प्रहरी प्रभाग कार्यालय ललितपुरमा उजुरी दिइएको छ ।
जेठ २९ गते आफूहरू पार्टी महाधिवेशनका क्रममा जनकपुरमा व्यस्त रहेका बेला उनीहरू आएर फर्निचरसहित कागजातहरू उठाएर लगेको संयोजक राईले उजुरीमा उल्लेख गरेका छन् ।
महाधिवेशनको बेला पार्टीको सम्पत्ति गायब पारेको भन्दै खोजतलासका लागि प्रहरीमा उजुरी दिइएको उनले बताएका छन् । यसअघि शेर्पा जसपा नेपालकै नेता थिए । अशोक राईले पार्टी विभाजन गरेर अर्को जसपा बनाएपछि शेर्पा सो पार्टीमा गएका छन् ।त्यसअघि शेर्पा प्रवास कमिटीका संयोजक थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असार २०८१, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोसपा नेपालका उपाध्यक्ष झा जसपामा प्रवेश
जसपा नेपालका पाँच वटा केन्द्रीय विभागले पाए पूर्णता
जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
अभियानको म्याद थप्ने तयारीमा जसपा नेपाल
कोशी नाम खारेजीको माग गर्दै जसपा नेपालको जुलुस
जसपा नेपालले पदाधिकारीलाई अभियानमा खटायो