चट्याङ लागेर संखुवासभामा महिलाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ३१ जेठ २०८१, १५ : १०
चट्याङ लागेर संखुवासभामा महिलाको मृत्यु

भोजपुर । संखुवासभामा चट्याङले एक जना महिलाको मृत्यु भएको छ ।

संखुवासभाको चिचिला गाउँपालिका वडा नम्वर २, आलेमा चट्याङले लागेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चट्याङबाट स्थानीय ४१ वर्षिया साबित्रा गुरुङको मृत्यु भएको हो । बुधवार राति ९ बजे तिर खाना खाएर आगो ताप्दै गरेको अवस्थामा पानीसंगैको चट्याङले गुरुङको घटना स्थलमा नै मृत्यु भएको संखुवासभा प्रहरीले जनाएको छ ।

यस्तै संखुवासभाको चिचिला गाउँपालिका वडा नम्वर ३ मा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते छन । बुधवार राति परेको अरिवल बर्षाको कारण अरुण तेस्रो जलबिद्युत आयोजनाको कामदार बस्ने १४ वटा कोठा मध्ये ३ वटा कोठा पहिरोले बगाउँदा कोठामा सुतिरहेका कामदार बर्दिया नगरपालिका वडा नम्वर ४ का २१ बर्षीय गंगाराम थारुको पहिरोमा पुरिएर मृत्यु भएको संखुवासभा प्रहरीले जनाएको छ ।

उक्त पहिरोमा परी बर्दियाका ३४ बर्षीय गोविन्द थारु, मकवानपुरका २७ बर्षीय उमेश कार्की र संखुवासभा चैनपुरका ३५ बर्षीय गोपाल तामाङ घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी अधिकृत सहितको टोलीले शव कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी पठाएको छ ।

 
 

प्रतिक्रिया दिनुहोस