अन्धाधुन्ध भइरहेको विनाश नियन्त्रण गर्न विश्वप्रकाश शर्माको सुझाव

सफल खबर संवाददाता

विहीबार, ३१ जेठ २०८१, १२ : २०
अन्धाधुन्ध भइरहेको विनाश नियन्त्रण गर्न विश्वप्रकाश शर्माको सुझाव

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले आगामी पुस्ताले प्रकृतिको तिर्खा व्यहोर्नुपर्ने किसिमले अन्धाधुन्ध विनाश भइराखेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘आजको विकासको भोक मेट्न, भोलिको पुस्ताले प्रकृतिको तिर्खा व्यहोर्नुपर्ने ढङ्गले अन्धाधुन्ध विनाश नियन्त्रण गरौँ,’ उनले भने ।

भूगर्भविदहरूले औँल्याएका पहिरोको जोखिम बस्तीहरू स्थानान्तरण गर्ने दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा तदारुकता राख्नुपर्ने र विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिकालाई बढोत्तरी दिनुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस