काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानपूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
पूर्वमुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १६८ को उपधारा (५) अनुसार बनेको आफू नेतृत्वको सरकार हुँदाहुँदै अर्को सरकार आह्वान गर्नु संविधानविपरित रहेको भन्दै यसलाई रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए ।
उनले वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीलाई पदमुक्त गरी मुख्यमन्त्रीमा आफूलाई निरन्तरता दिन माग गरेका छन् ।कार्कीले रिटमा प्रदेश प्रमुखको कार्यालय, कोशी प्रदेश प्रमुख परशुराम खापुङ, कोशी प्रदेशका सभामुख अमरबहादुर विष्टलगायतलाई विपक्षी बनाएका छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा हिक्मत कार्की संविधानाको धारा १६८ को उपधारा (५) अनुसार नै हिक्मत कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ जेठ २०८१, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिचान पक्षधरलाई सरकारले वार्तामा बोलायो
सशस्त्र प्रहरीको शान्ति सुरक्षामा महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेश सभाको अधिवेशन माघ पहिलो साता
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
कोशी प्रदेशले संकटग्रस्त सहकारीको व्यवस्थापन गर्न समिति गठन गर्ने
ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्छ : मुख्यमन्त्री कार्की