टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाको दोस्रो जित

एजेन्सी

आइतबार, २७ जेठ २०८१, ०९ : ००
टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाको दोस्रो जित

एजेन्सी । टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका दोस्रो जित दर्ता गराएको छ । शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई ४ विकेटले पराजित गरेको हो । 

न्यूयोर्कमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०३ रन मात्रै बनाउन सकेको थियो । यो लक्ष्य भेट्टाउन टोलीले १८।५ ओभरको खेल खेल्नुपर्यो । 

यसअघि ब्याटिङमा आएका नेदरल्याण्डका सबै ब्याट्सम्यान फ्लप थिए । सिब्रान्ड एङ्गेलब्रेच बाहेक अन्य ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् । सिब्रान्डले ४५ बलमा ४० रन बनाए । यस बाहेक भान बेकले पनि २२ बलमा २३ रनको योगदान पुर्याए र टोलीले एक सय रन पार गर्न सफल भयो ।

दक्षिण अफ्रिकाका लागि ओटनियल बार्टम्यानले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरको स्पेलमा ११ रन दिएर ४ विकेट लिए । लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाको सुरुवात निकै खराब रह्यो । टोलीका दुई उत्कृष्ट ब्याट्सम्यान क्विन्टन डी कक र कप्तान एडेन मार्कराम खाता खोल्नै नखाई आउट भए । ओपनर रिजा हेन्ड्रिक्सले पनि ३ रन मात्र बनाउन सके । हेनरिक क्लासेनले मात्र ४ रन बनाउन सके ।

तर, यसपछि डेभिड मिलर र ट्रिस्टन स्टब्सले चौथो विकेटका लागि ६५ रनको साझेदारी गर्दै इनिङ्सलाई सम्हाले । स्टब्सले ३३ रनको इनिङ खेले । यस्तै डेभिड मिलर ५१ बलमा ५९ रन बनाएर अविजित रहे ।