टी–२० विश्वकपमा पुरा भयो ‘सुपर आठ’ समिकरण

सफल खबर संवाददाता

सोमबार, ०३ असार २०८१, ०९ : ४५
टी–२० विश्वकपमा पुरा भयो ‘सुपर आठ’ समिकरण

काठमाडौँ । टी–२० विश्वकपमा ‘सुपर आठ’ मा पुग्ने देशहरुको समिकरण पुरा भएको छ ।  सुपर आठमा समूह ’ए’ बाट भारत र अमेरिका प्रवेश गर्दा समूह ‘बी’ बाट अस्ट्रेलिया र इंग्ल्यान्डले अन्तिम आठमा स्थान बनाए।

त्यस्तै समूह ‘सी’ बाट अफगानिस्तान र वेस्टइन्डिज प्रवेश गर्दा समूह ’डी’ बाट दक्षिण अफ्रिका र बंगलादेशले स्थान बनाउन सफल भए। अब सुपर आठको १ नम्बर समूहमा भारत, अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेश रहँदा सुपर आठको २ नम्बर समूमा अमेरिका, इंग्ल्यान्ड, वेस्टइन्डिज र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्ने छन्।