विश्वकपमा भारत र पाकिस्तान आमने सामन हुँदै

एजेन्सी

आइतबार, २७ जेठ २०८१, ०८ : ५४
विश्वकपमा भारत र पाकिस्तान आमने सामन हुँदै

एजेन्सी । टी–२० विश्वकप अन्तर्गत आइतबार राति भारत र पाकिस्तान आमने सामने हुँदै छन् ।  

समुह ‘ए’ अन्तर्गत भारत र पाकिस्तानबीच न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुने छ ।
यी दुई टोलीको खेललाई विश्वकपकै सबैभन्दा ठुलो खेलका रुपमा हेरिएको छ ।

जारी विश्वकपमा भारतले आफ्नो पहिलो खेलमा आयरल्याण्डविरुद्ध जित निकालेको छ  भने, पाकिस्तानले आफ्नो पहिलो खेल गुमायो । पाकिस्तानले अमेरिकासँग हार बेहोरेको छ । 

टी–२० विश्वकपमा भारत र पाकिस्तान अहिलेसम्म ७ पटक आमने सामने भएका छन्। जसमा भारतले ५ पटक जित निकाल्दा पाकिस्तानले एक पटक जितेको छ। एक खेल भने अनिर्णित बनेको थियो।