गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्न - गिरीबन्धुको फाइल खोल्न सक्नुहुन्छ ?

सफल खबर संवाददाता

विहीबार, २४ जेठ २०८१, १२ : ०९
गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्न - गिरीबन्धुको फाइल खोल्न सक्नुहुन्छ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धु टिस्टेटको जग्गा प्रकरणको विषयमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई आरोप लगाएपछि प्रतिवाद गरेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै आफूहरूले तथ्यसहित ओलीको आरोपको प्रतिवाद गरेको उनको जिकिर थियो । उनले भने, ‘म गृहमन्त्रीलाई खोज्न चाहन्छु । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलको अध्यक्षले कांग्रेसले बेचेर ७० बिघाको कमिसन खायो भनेर जे आरोप लगाउनुभएको छ त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्नको लागि गिरीबन्धुको फाइल खोल्न तपाईं तयार हुनुहुन्छ ? उहाँ खोल्न होइन, बोल्न पनि सक्नुहुन्न । बोल्न सक्ने भए शिक्षामन्त्रीउपरको शब्द फिर्ता लिनुस् भन्न उहाँले सक्नुपर्थ्यो । नम्रतापूर्वक पनि भन्न सक्नुभएन ।’

प्रतिक्रिया दिनुहोस