काठमाण्डौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच मंगलबार साँझ भेटवार्ता भएको छ ।अध्यक्ष नेपाललाई भेट्न महासचिव विप्लव पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डसहित नेपाल निवास कोटेश्वर पुगेका थिए ।
भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको नेकपाका केन्द्रीय प्रचार विभाग सदस्य प्रकाश डुम्रेले बताए । पछिल्लो विकसित राजनीतिक घटनाक्रम र समाजवादी मोर्चालाई अगाडि बढाउने विषयमा नेताहरूबीच गम्भीरतापूर्वक छलफल भएको बुझिएको छ ।
समाजवादी मोर्चाको संयोजकसमेत रहेका विप्लवले काठमाडौं केन्द्रित भेटघाट तीव्र बनाएको नेकपा स्रोतले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ जेठ २०८१, १९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजा महाराजाको कुनै काम छैन : माधव नेपाल
राजतन्त्रको औचित्य छैन: माधव नेपाल
यो कास्टिङ मात्र हो, प्रतिगामीहरू होसियार : माधव नेपाल
भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य हो : माधव नेपाल
ओली सरकार साना र प्रतिद्वन्द्वी पार्टीलाई समाप्त पार्न खोज्दैछ : माधव नेपाल
केपी ओली मुलुक सञ्चालनमा गम्भीर हुनुहुन्न : माधव नेपाल