काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विद्युतीय सवारीहरूमा लगाइएको कर फिर्ता लिन अर्थमन्त्री वर्षमान पुनलाई आग्रह गरेका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि छलफल गर्दै अध्यक्ष लिङ्देनले विद्युतीय सवारीहरूमा लगाइएको कर फिर्ता लिन आग्रह गरेका हुन् । उनले विद्युत् खपत गर्नका लागि विदेशमा बेच्नुपर्ने अवस्था भएको अवस्थामा विद्युतीय सवारीमा कर लगाइनु उचित नभएको बताए ।
अध्यक्ष लिङ्देनले कसैको कुरा सुनेर केवल राजस्व वृद्धि गर्न भनी विद्युतीय सवारीमा कर लगाउनु उचित नभएको बताए । उनले सधैँभरि अनुमान, अनुदान र ऋणमा आधारित भएर बजेट ल्याइने गरेको भन्दै यो प्रक्रिया असफल भएको बताए ।
उनले पुँजीगत खर्च र चालु खर्चको दूरी बढेको भन्दै त्यसलाई साँघुर्याउने कुनै प्रयत्न नभएको पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ जेठ २०८१, १६ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपदको क्षति न्युन गर्न सरकार चुक्यो: राजेन्द्र लिङ्देन
राप्रपा अध्यक्ष लिङ्देन अष्ट्रेलिया प्रस्थान
संसद्मा गणितमात्र सत्य होइन : राजेन्द्र लिङ्देन
राप्रपाले ओलीलाई विश्वासको मत दिनुपर्ने आवश्यकता छैन : अध्यक्ष लिङ्देन
सरकारले बनाउने ऐन कानुनहरू निजी क्षेत्र मैत्री नभएसम्म देश बन्दैन : लिङ्देन
राप्रपा अध्यक्ष लिङदेनसँग अमेरिकी राजदूतको शिष्टाचार भेट