काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सदनमा दिएको अभिव्यक्तिको विषयमा प्रधानमन्त्रीको जवाफ मागेको छ ।
बालुवाटारमा बसेको सत्तापक्ष र काँग्रेसको शीर्ष नेताहरुबीचको छलफलमा दुवै विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।
उनले भने, ‘आजको बैठकमा प्रधानमन्त्रीलाई कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जुन ढङ्गले पक्राउ गरियो त्यो विषयमा गम्भीर छौँ भनेर कुरा उठाएका छौँ । उपप्रधान तथा गृहमन्त्रीले प्रतिनिधि सभाको रोष्ट्रममा उभिएर जुन कुरा गर्नुभएको छ । काँग्रेसलाई लाञ्छना लगाउने काम गरेको विषयमा ध्यानाकर्षण गराएका छौँ। यसको जवाफ पनि चाहन्छौँ भनेर ध्यानाकर्षण गराएका छौँ। दुवै विषयमा प्रधानमन्त्रीले जवाफ दिनुहोला ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ जेठ २०८१, १८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले वैदेशिक अनुदान धेरै आशा गर्ने ठाउँ छैन: काँग्रेस
निजामती ऐन बनाउन धेरै समय लागेको भन्दै सांसद थानीले गराए संसदीय समितिको ध्यानाकर्षण
कांग्रेस सभापति देउवाको बैंकक भ्रमणप्रति ओली शसंकित
आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन महामन्त्रीद्वयलाई देउवाको निर्देशन
ओली नेतृत्वको सरकारले गति बढाउनुपर्ने काँग्रेसको निष्कर्ष
कांग्रेसको महिला संघमा भाँडभैलौ, २० जनाले दिए राजीनामा