काठमाडौँ । नेपाली काँग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता घुमाउरो पारामा स्वीकार गरेको दाबी गरेका छन् ।
नेविसंघ झापा काठमाडौँ सम्पर्क मञ्चको अधिवेशनलाई सम्बोधन गर्दै काँग्रेसले सहकारीको विषयमा व्यक्तिकेन्द्रित मात्रै कुरा नउठाएको उनको स्पष्टोक्ति छ ।उनले भने, ‘काँग्रेस दृढतापूर्वक सहकारी ठगीको सन्दर्भमा पनि बोलिरहेका छौँ । प्रश्न एकजना व्यक्तिको कुरा मात्रै होइन । संसदमा उभिएर उहाँले पलानोमाथि यो आरोप छ, अर्कोमाथि यो आरोप छ, भनेर बढा घुमाउरो स्वीकारोक्ति । त्यो भनेको अरू(अरूमाथि पनि छ त ममाथि मात्रै किन देख्छौ ? भनेको हो ।’
उनले काँग्रेसको पार्टी सभापतिदेखि सदस्यसम्मका परिवारसम्मको छानबिन गर्न आफूहरू तयार रहेको उल्लेख गर्दै नाम नै लेखेर समिति गठन गर्न तयार रहेको बताए ।उनले भने, ‘काँग्रेसको सांसदमाथि, चलनचल्तीको भाषामा दाजुभाउजूमाथि छानबिन गर्न तयार छ । छानबिन गम्भीर हुनुपर्छ । कुनै राजनीतिक दलले आफ्नो पार्टीको सबै छानबिन गर भनेर अरू कसैले भन्न सक्दैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० जेठ २०८१, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षकलाई जस्तै निजामती कर्मचारीलाई पनि सडकमै पुग्ने वातावरण नबनाऔँ: विश्वप्रकाश शर्मा
प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउन ढिलाइ गरे : विश्वप्रकाश शर्मा
मैले र गगनले कुलमान हटाउन हुँदैन भनेका थियौं: विश्वप्रकाश शर्मा
संविधान संशोधन ०८७ मा हुन्छ भन्ने ओलीको भनाइमा विश्वप्रकाशले जनाए आपत्ति
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्नेगरी संविधान संशोधन गराैँ : महामन्त्री शर्मा
राजनीतिभन्दा पर बसेर नायक बन्न विद्या भण्डारीलाई विश्वप्रकाशको सुझाव