सिरोहिया पक्राउबारे आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई सम्पादकहरूको ५ बुँदे संयुक्त पत्र

सफल खबर संवाददाता

बुधबार, ०९ जेठ २०८१, १४ : ४५
सिरोहिया पक्राउबारे आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई सम्पादकहरूको ५ बुँदे संयुक्त पत्र

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई मंगलबार कार्यकक्षबाटै पक्राउ गरिएकोमा प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूले आपत्ति जनाएका छन् ।

उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुधबार एक पत्र लेख्दै राज्यले सृजना गरेको त्राससँग कुनै सम्झौता नगर्ने चेतावनीसमेत दिएका छन् ।

सिरोहियाले कानुनविपरीत काम गरेको भए तोकेबमोजिम सजाय भोग्नुपर्ने भन्दै सम्पादकहरूले त्यसका लागि आफू तयार रहेको भनी सिरोहिया स्वयंले समेत भनेको अवस्थामा गिरफ्तारीको बाटोमा राज्य किन लाग्यो भनी प्रश्नसमेत उठाएका छन् ।