कैलाश सिरोहियालाई अदालत उपस्थित गराइँदै

सफल खबर संवाददाता

सोमबार, १४ जेठ २०८१, ११ : ०५
कैलाश सिरोहियालाई अदालत उपस्थित गराइँदै

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तेस्रोपटक म्याद थपका लागि अदालतमा उपस्थित गराइँदै छ ।

म्याद थपका लागि उनलाई सोमबार धनुषा जिल्ला अदालतमा उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले बताए । 

सिरोहिया अहिले जनकपुरस्थित काब्या अस्पतालमा प्रहरीको निगरानीमा उपचाररत छन् । दोहोरो नागरिकता लिएको आरोपमा प्रहरीले उनलाई काठमाडौँबाट पक्राउ गरेको थियो ।

यसअघि अदालतले उनलाई दुई पटक ३–३ दिनको म्याद दिएको थियो ।