काठमाडौ । कान्तिपुर पब्लिकेसन लिमिटेडका अध्यक्ष कैलाश सिरोहियाले आफूविरुद्ध जिल्ला अदालत धनुषाबाट जारी भएको पक्राउ पुर्जी खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन अध्ययनका क्रममा रहेको छ ।
जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले मंगलबार सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएपछि उनले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए । तर, उनी पक्राउ परिसकेका छन् ।
उक्त रिट दर्ता गर्ने वा नगर्ने भन्ने विषयमा आज बुधबार छलफल हुने सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।
सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको उल्लेख गर्दै जाहेरी परेपछि धनुषा प्रहरीले उनीविरूद्ध पुर्जी जारी गर्न माग गरेको थियो ।
यसैबीच सिरोहियाविरुद्ध आजै प्रहरीले अदालतबाट म्याद थप गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ जेठ २०८१, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिरोहियालाई नागरिकता दिने सीडीओ र शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी
रिहा भएपछि कैलाश सिरोहिया : अब कानुनी उपचारमा जान्छु
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया रिहा
कैलाश सिरोहिया मेडिसिटीको सीसीयूमा
कैलाश सिरोहियालाई अदालत उपस्थित गराइँदै
मुटुमा समस्या देखिएपछि कैलाश सिरोहिया अस्पताल भर्ना