काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गरेका छन् ।
शनिवार काठमाडौँमा आयोजित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको १२ औँ साधारण सभालाई सम्बोधन गर्दै सभापति देउवाले सरकारले नेपालीका लागि सुरक्षित वैदेशिक रोजगारीको प्रबन्ध गर्नुपर्ने बताए ।
उनले विदेशमा रोजगार गर्न जाने कुरा र त्यहाँ श्रमिकहरुले पाइरहेको दुःखका बारेमा आफू जानकार रहेको भन्दै श्रमिकलाई भइरहेको शोषणको समस्या रोक्न आग्रह गरे । सभापति देउवाले सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको समस्या समाधानमा आवश्यक भूमिका खेल्नुपर्ने बताए ।
उनले भने, ‘नेपालीका लागि वैदेशिक रोजगार महत्वपूर्ण कुरा हो । एकातिर नेपालीले विदेशमा रोजगार गर्न पाउँछन् । तर त्यहाँ ठगिएका कुराहरू, दुःख पाएका कुराहरू पनि मैले थाहा पाएको छु, यस्ता कुरा रोक्न हामी लाग्नुपर्छ । साथ-साथै जो रेमिट्यान्सको पैसा आउँछ, नेपाललाई जो विदेशी पैसा पनि आउँछ, त्यसले नेपालको अर्थतन्त्रमा मद्दत पुर्याएको अवस्था छ । सरकारले पनि सुरक्षित वैदेशिक रोजगारीको प्रबन्ध गर्नुपर्छ ।’
सभापति देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनलाई दुःख पाएका नेपालीहरूले समस्या समाधान गर्ने काममा लाग्न पनि निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ जेठ २०८१, १६ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवाद्वारा काँग्रेसको भूपू सैनिक विभागमा १० सदस्य मनोनीत
पर्वहरू हाम्रा पहिचान हुन् : सभापति देउवा
सबै पर्वलाई जीवन्त राख्नु हामी सबैको दायित्व हो : सभापति देउवा
द्वन्द्वका सबै पक्षले न्यायको अनुभूति गर्ने देउवाको विश्वास
शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनसके विश्वका लागि नेपाल अनुकरणीय बन्नेछ : सभापति देउवा
जहाजहरूको परीक्षण र अनुगमनलाई कडा बनाऊँ : शेरबहादुर देउवा