काठमाडौँ । सहकारी प्रकरणका संसदीय छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत देखिएका छन् । शुक्रबार नयाँ बानेश्वरमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा भएको बैठकमा संसदीय छानबिन समिति गठन हुनुपर्ने निष्कर्ष निकालिएको महामन्त्री गगन थापाले जानकारी दिए ।
यस्तै बैठकले बिहीबार प्रतिनिधिसभा बैठकमा सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै यसबारे उनलाई नै भेटेर ध्यानाकर्षण गराउने निर्णय भएको थापाले जानकारी दिए । बैठकमा कांग्रेससहित लोसपा, जसपा नेपाल, राप्रपा र राष्ट्रिय जनमोर्चाको सहभागिता थियो । तर, बैठकमा प्रतिपक्षमा रहेको सीके राउत नेतृत्वको जनमत पार्टी भने उपस्थित थिएन ।
यस्तै बैठकमा एकीकृत समाजवादी सत्ता पक्षमै भएपनि बोलावट भएको थियो । तर, सो पार्टी अनुपस्थित रहेको थियो । यद्यपि नेपालसँग फोनमा कुराकानी भएको भन्दै महामन्त्री गगन थापाले सहकारी ठगीको विषयमा पार्टीले निर्णय नै गरेकाले यो मुद्दामा पार्टीको साथ रहने आश्वासन पाइएको बताए । कांग्रेसले निरन्तर सहकारी ठगीमा मुछिएका रवि लामिछानेको विषयमा संसदीय छानबिनको माग गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ जेठ २०८१, १२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छविलाल जोशी अस्पताल भर्ना
सहकारी प्रकरणमा फरार सांसद बस्नेतलाई अदालतमा उपस्थित हुन राप्रपाको निर्देशन
सहकारी प्रकरण : व्यक्तिकै नाममा छानबिन हुनुपर्ने कांग्रेसको अडान यथावत्
सहकारी प्रकरण : कार्यादेश टुङ्गोमा पुर्याउन शीर्ष नेताको बैठक आज
सहकारी प्रकरणः कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै