काठमाडौँ । सहकारी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूकाे बैठक आज बस्ने भएको छ ।
शनिबारको बैठकमा उक्त विषय टुङ्गो लाग्न नसकेपछि आज बैठक बस्ने भएको हो ।
कार्यादेशमा टुङ्गो लाग्न सहमति जुट्न नसकेपछि बैठक पुनः आज बस्ने सहमति भएको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिए।
सहमहामन्त्री परियारले छलफल सकारात्मक भए पनि टुङ्गोमा पुर्याउने बाँकी काम आइतबार शीर्ष नेताबिचको बैठकले गर्ने बताए । हिजोको बैठकमा सहकारी सञ्चालकहरू, गोर्खा मिडिया नेटवर्कलगायतका कम्पनीहरू, यसका सञ्चालक समितिका पदाधिकारी, प्रबन्ध निर्देशक र आवश्यक अन्य कर्मचारीका बारेसमेत छानबिन गरिनुपर्छ भन्ने कुरा उठे पनि सहमति हुन नसकेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ जेठ २०८१, ०७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहकारी प्रकरणमा फरार सांसद बस्नेतलाई अदालतमा उपस्थित हुन राप्रपाको निर्देशन
सहकारी प्रकरण : व्यक्तिकै नाममा छानबिन हुनुपर्ने कांग्रेसको अडान यथावत्
सहकारी प्रकरणः कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै
संसदीय छानबिन समिति बनाउन विपक्षी दलहरू एकमत