काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पार्क र ट्राफिक आइल्याण्डको सरसफाइ र सुन्दरताका लागि ११० जना जनशक्ति परिचालन गरेको छ । उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले ‘श्रम बैङ्क’ बाट श्रमिक लिएर परिचालन गरेको हो । ‘श्रम बैङ्क’ ले आफूसँग सूचीकृत जनशक्तिमध्येबाट मागअनुसार पठाएको हो ।
महानगरपालिकाभित्र ११२ वटा पार्कको विवरण छ । यी पार्कको सफाइ र सुन्दरताका लागि काम गर्न १० जना रहेको १० वटा समूह बनाइएको छ । हरेक समूहलाई परिचालन गर्न १० जना नाइकेको व्यवस्था गरिएको छ ।
नाइकेहरुले वडासँग समन्वय गरेर काम सञ्चालन गर्ने महानगरपालिकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ जेठ २०८१, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ महानगरपालिकाका कर्मचारीलाई नेपाल लिपि र रञ्जना लिपि लेखन तालिम
डोल्पाका स्थानीय तह काठमाडौं महानगरसँग जोडिँदै
सामान्य प्रशासन मन्त्रालयले महानगरपालिकालाई पठायो पत्र
३३ हजार वर्गमिटरमा ढुङ्गा बिछ्याउँदै काठमाडौं महानगर
शहीदको सपना पूरा गर्न नेतृत्वहरू एकै ठाउँमा उभिनु आवश्यक : सुनिता डंगोल
स्थानीय सरकारले जनतालाई आफ्नोपनको आभाष गराउनुपर्छ : सुनिता डंगोल