काठमाडौँ । आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य ५०० रुपैयाँले बढेर कारोबारमा आएको जानकारी दिएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ७५० रुपैयाँ छ । गत साताको शुक्रबार तोलामा १ लाख ३७ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार २५० रुपैयाँ थियो ।
यसअघि गत साताको शुक्रबार पनि सुनको मूल्य बढेको थियो । विहीबारको तुलनामा २३ सय रुपैयाँले बढेर शुक्रबार कारोबार थियो । यस्तै आज चाँदीको मूल्य भने घटेको छ। महासंघले सुनको मूल्य बढेपनि चाँदीको तोलामा १० रुपैयाँले घटेको छ ।
यससँगै आज चाँदीको मूल्य तोलामा १७ सय २५ रुपैयाँ छ । गत शुक्रबार यसको मूल्य तोलामा १७ सय ३५ रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० बैशाख २०८१, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्यमा नयाँ रेकर्ड कायम, तोलामा १ लाख ६२ हजार रुपैयाँ नजिक
सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ?
सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो
तोलामा २ हजार ३०० रुपैयाँले घट्यो सुनको मूल्य
सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ कायम
सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घट्यो,कतिमा हुदैँछ कारोबार?