गगनलाई रविको चुनौती : मैले निवेदन दिएर लोन लिएको प्रमाण दिनु, राजनीति छोडिदिन्छु

सफल खबर संवाददाता

शुक्रबार, २८ बैशाख २०८१, १९ : ४४
गगनलाई रविको चुनौती : मैले निवेदन दिएर लोन लिएको प्रमाण दिनु, राजनीति छोडिदिन्छु

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गगन थापाले आफुले निवेदन दिएर ऋण लिएको प्रमाण देखाए राजनीति छोडिदिने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै लामिछानेले गगन थापालाई प्रमाण दिन चुनौती दिदै प्रमाण देखाए राजनीति नै छोडिदिने र प्रमाण देखाउन नसके गगन थापाले राजनीति छोड्नु पर्ने बताएका छन् ।

उनले संसदमा एक पटक बोल्न खोजेकोमा बोल्न नदिएको गुनासो गर्दै सदनबाट भएको निरन्तर खेदाईलाई संसदबाटै जवाफ दिन खोजेको बताए ।
 

प्रतिक्रिया दिनुहोस