उजुरीबारे छलफल गर्न बोलाइयो लेखा समिति बैठक

सफल खबर संवाददाता

आइतबार, ०६ माघ २०८१, १६ : ४२
उजुरीबारे छलफल गर्न बोलाइयो लेखा समिति बैठक

काठमाडौं । लेखा समिति बैठक आह्वान भएको छ । समितिमा प्राप्त उजुरीहरूबारे छलफल गर्न समितिको बैठक बोलाइएको समितिका सचिव एकराम गिरीले जानकारी दिए । उनका अनुसार मंगलबार बिहान ११ बजेका लागि बैठक आह्वान भएको हो । समितिको यो ३४ औं बैठक हो ।

‘समितिमा प्राप्त उजुरीहरूको छलफलका लागि मंगलबार बिहान ११ बजे बस्नेगरी लेखा समिति बैठक आह्वान भएको छ,’ गिरीले भने । बैठकमा उपसमितिहरूले समितिमा छलफल गर्ने भनी औंल्याएका विषय लगायतका विषयमा पनि छलफल हुने उनले बताए ।

यसअघि गत पुस ८ गते लेखा समितिको बैठक बसेको थियो । उक्त बैठकमा महालेखा परीक्षक कार्यालयले औंल्याएका बेरुजु छलफलको प्रगति समीक्षासम्बन्धी विषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस