विराटनगर । कोशी प्रदेश सरकार गठनका लागि मुख्यमन्त्रीको रूपमा हिक्मत कार्कीले दाबी पेस गरेसँगै प्रदेशसभा सदस्यहरूलाई सनाखत गराउन शुरु गरिएको छ ।मुख्यमन्त्रको रूपमा समर्थन गरेका ५२ जना कोशी प्रदेश सभा सदस्यहरू सनाखतका लागि प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका छन् ।
उनीहरूलाई प्रदेश प्रमुखको कार्यालयमा सशरीर उपस्थित गराई सनाखत गराउने काम भइरहेको छ । कोशी प्रदेशको सरकार गठनका लागि संविधानको धारा १६८ (५) बमोजिम हिजो सरकार गठनका लागि आह्वान भएको थियो ।
सरकार गठनकालागि माओवादीका १३ र एमालेका ३९ जना प्रदेश सभा सदस्यले कार्कीलाई मुख्यमन्त्रीको रूपमा समर्थन गरेका छन् । सनाखत पछि आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ बैशाख २०८१, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशीमा मन्त्रालय बाँडफाँट टुंगियो, कसलाई कुन ?
हिक्मतकुमार कार्कीले पाए विश्वासको मत, ५७ जनाको समर्थन
बहुमतलाई अल्पमतले शासन गर्छु भन्ने केदारजीको परिकल्पना संसदीय व्यवस्थाको उपहास हो: इन्द्र आङ्बो
कोशी प्रदेश सभाको बैठक सुरु, कांग्रेसले गर्यो बहिष्कार
कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता कोइराला पदमुक्त
कोशी प्रदेशको बजेट अधिवेशन बैशाख ३१ गते आव्हान गर्न सिफारिस