काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । देउवाले आफ्नो निवास बुढानीलकण्ठमा दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् ।
२८ गतेदेखि सुरु हुने बजेट अधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको सभापति देउवाको स्वकीय सचिव भानु देउवाले बताए । बजेट अधिवेशनबारे छलफल गर्न कांग्रेसले बिहीबार संसदीय दलको बैठक पनि बोलाएको छ । संसदीय दलको बैठकअघि देउवाले शीर्ष नेतासँग छलफल गरेर बजेट अधिवेशनमा कांग्रेसको आगामी रणनीति तय गर्न खोजेको देखिन्छ ।
कांग्रेसले लामो समयदेखि सहकारी ठगीमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । लामिछानेको नाम उल्लेख नगरी संसदीय समिति गठनका लागि सत्ता पक्ष तयार देखिए पनि कांग्रेस सहमत भएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ बैशाख २०८१, १० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणतान्त्रिक शासन व्यवस्था कायम रहन्छः सभापति देउवा
ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक छैनन्: शेरबहादुर देउवा
होलीमा खेलिने रङहरू जस्तै नेपाली समाज पनि विविधतापूर्ण छ : सभापति देउवा
राजाको पक्षमा कुनै माहोल छैन : शेरबहादुर देउवा
आन्दोलनरत विद्यार्थीले हटाए नेविसंघले धनगढीमा राखेका झन्डा
देउवाले बोलाए शीर्ष नेताहरूको बैठक