काठमाडौँ । प्रदर्शन, धर्ना–जुलुस, विरोध लगायतका कार्यक्रमहरूको अनुमति दिँदा ‘सार्वजनिक प्रदर्शन, हडताल तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्याङ्कन सम्बन्धी कार्यविधि, २०८१’ अनुसार दिन गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।
मन्त्रालयले उक्त कार्यविधिको पूर्ण रूपमा पालना गर्ने सर्तमा मात्र त्यस्ता कार्यक्रमहरूलाई अनुमति प्रदान गर्न प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको हो । ‘राजनैतिक दल, संगठित संस्था, सरकारी वा गैर सरकारी संघ संस्था, व्यक्ति वा समूहबाट गरिने सार्वजनिक प्रदर्शन, धर्ना–जुलुस, विरोध लगायतका कार्यक्रमहरूको अनुमति दिँदा उक्त कार्यविधिको पूर्ण रूपमा पालना गर्ने सर्तमा मात्र अनुमति दिने व्यवस्था हुन आदेशअनुसार अनुरोध छ’, मन्त्रालयको आइतबारकाे निर्देशनमा उल्लेख छ ।
यसअघि मन्त्रालयले विभिन्न आन्दोलन र विरोध प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिको तोडफोड तथा आगजनी गरी क्षति पुर्याएमा आन्दोलनकारीबाटै क्षतिपूर्ति भराउनेसम्बन्धी कार्यविधि स्वीकृत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ बैशाख २०८१, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहले गर्यो एक सिडिओसहित दुई उपसचिवको सरुवा
सात जिल्लाका सिडिओसहित १३ अधिकारीहरूको सरुवा (सूचीसहित)
गृह मन्त्रालयले गर्यो ६ जिल्लाका सिडिओ परिवर्तन (सूचीसहित)
स्ववियु चुनावको मतगणना नसकिएसम्म सुरक्षा व्यवस्था गर्नू : गृह मन्त्रालय
२०८२ सालमा दिइने सार्वजनिक बिदा राजपत्रमा प्रकाशित (सूचीसहित)
पाथीभरा केवलकार विवादमा गृह मन्त्रालयद्वारा फेरि वार्ता आह्वान