देशभर इन्टरनेट सेवा अवरुद्ध

सफल खबर संवाददाता

विहीबार, २० बैशाख २०८१, २० : ३९
देशभर इन्टरनेट सेवा अवरुद्ध

काठमाडौँ । देशभर अधिकांश इन्टरनेट सेवा अवरुद्ध भएका छन् । वर्ल्डलिङ्क, सुबिसु लगायतका प्रमुख इन्टरनेट सेवा प्रदायकको नेटवर्क स्लो भएको छ केही शतप्रतिशत डाउन भएका छन् ।

इन्टरनेट सुस्त र अवरुद्धसमेत भएपछि ग्राहकहरूले खोजीनीति बढाएको छन् । इन्टरनेट सेवा प्रदायकहरूले ब्यान्डविथ खरिद बापतको रकम भारतीय अपस्ट्रिम प्रोभाइडरलाई नबुझाएकाले भारतीय कम्पनीले इन्टरनेट काटिदिएको बताइएको छ । विगत नौ महिनादेखि ब्यान्डविथ खरिदबापतको ३ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको आइस्पान स्रोतले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस