काठमाडौँ । सत्तारूढ गठबन्धनले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीमाथि प्रदेश सभाको विशेषाधिकार हनन्मा कारबाही गर्ने चेतावनी दिएको छ । एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेश सभाले पास गरेको सङ्कल्प प्रस्तावबारे राय दिनु र विरोधमा बोल्नु संविधानको धारा १८७ (२) विपरीत भएको बताएका हुन् ।
प्रदेश सभाले ७ वैशाखमा मुख्यमन्त्री कार्कीलाई २५ वैशाखभित्र विश्वासको मत लिन वा राजीनामा दिन निर्देशन दिने सङ्कल्प प्रस्ताव पास गरेको थियो । साथै मुख्यमन्त्रीले विश्वासको मत नलिने र राजीनामा पनि नदिए नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन प्रदेश प्रमुखलाई सन्देश दिने उल्लेख थियो ।
तर मुख्यमन्त्री कार्कीले आफू संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेकाले समर्थन फिर्ता हुन नसक्ने भएकाले विश्वासको मत नलिने अडान लिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० बैशाख २०८१, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनविरोधी हर्कत नगर्न कोशीका मुख्यमन्त्री कार्कीको चेतावनी
लागूपदार्थ दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ : मुख्यमन्त्री कार्की
महिलाको सामाजिक तथा राजनीतिक क्षेत्रमा स्थान हुनुपर्छ : मुख्यमन्त्री कार्की
पहिचान पक्षधरलाई सरकारले वार्तामा बोलायो
सशस्त्र प्रहरीको शान्ति सुरक्षामा महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेश सभाको अधिवेशन माघ पहिलो साता