एजेन्सी । बलिउड अभिनेता सलमान खानको घरमा भएको गोलीकाण्डका एक अभियुक्तको हिरासतमै मृत्यु भएको छ ।
बुधबार प्रहरी हिरासतमै आत्महत्या गर्ने प्रयास गरेका अभियुक्त अनुज कुमारलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको बीबीसी हिन्दीले जनाएको छ । उनी पञ्जाबका बासिन्दा हुन् ।
बिहान करिब ११:३० बजे ३२ वर्षीय अनुजले लकअप नजिकै रहेको शौचालयमा पाना लिएर आत्महत्या गर्ने प्रयास गरेका थिए ।
खबर पाएलगत्तै प्रहरीले आरोपीलाई गोकुलदास तेजपाल अस्पताल लगेको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार डाक्टरहरूले आरोपीलाई मृत घोषणा गरेका थिए।
समाचार एजेन्सी पीटीआईका अनुसार आरोपीले आत्महत्याजस्तो कदम किन उठाए भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २० बैशाख २०८१, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सलमान खानको 'सिकन्दर' को बक्स अफिसमा कमजोर प्रर्दशन
यस्तो छ सलमान खानको 'सिकन्दर' को टिजर
‘सेभेन डग्स’को रिमेकबाट हलिउड डेब्यु गर्दै सलमान खान
सलमान खानलाई धम्की दिने व्यक्ति उनकै गीतकार
सलमान खानलाई लरेन्स गिरोहबाट फेरि धम्की
सलमानलाई फेरि ज्यान मार्ने धम्की