इलाम क्षेत्र नम्बर २ मा खस्यो ५१ प्रतिशत मत

सफल खबर संवाददाता

शनिबार, १५ बैशाख २०८१, १५ : ५२
इलाम क्षेत्र नम्बर २ मा खस्यो ५१ प्रतिशत मत

काठमाडौँ । उपनिर्वाचन भइरहेको इलाम क्षेत्र नम्बर २ मा ५१ प्रतिशत मत खसेको छ । कूल मतदाता १ लाख १६ हजार ८८९ रहेकोमा दिउँसो ३ बजेसम्म करिब ६० हजार मतदाताले मतदान गरेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

इलाम २ मा साना ठूला दल र स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेकपा एमालेबाट सुहाङ नेम्बाङ, कांग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी लक्ष्मी गुरुङ,  राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिम लगायत चुनावी प्रतिस्पर्धामा रहेका छन् । यहाँ ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस