इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु

सफल खबर संवाददाता

शनिबार, १५ बैशाख २०८१, ०७ : १५
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु

विराटनगर । इलाम २ मा उपनिर्वाचन अनुसार मतदान सुरु भएको छ । उपनिर्वाचनका प्रमुख निर्वाचन अधिकृत देवीचरण फुयाँलले मतदान सुरु भएको जानकारी दिए । 

बिहान ७ बजेदेखि नै मतदान सुरु भएको म्यासेज आइरहेको छ', उनले भने, 'अहिलेसम्म सहज वातावरण छ ।' इलाम-२ को उपनिर्वाचनमा १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

आयोगका अनुसार इलाम–२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस