काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाका लागि पहल गर्ने गरेको आग्रहमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी सकारात्मक देखिएका छन् । प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर शेख बिच आज भएको एक्ला एक्लै वार्तामा सो विषयमा कुराकानी भएको हो ।
प्रधानमन्त्री प्रचण्डले जोशीको रिहाका लागि गरेको आग्रहमा अमिर शेखले आफू रिहाका लागि सकारात्मक रहेको र यसका लागि आफ्नो तर्फबाट रिहाका लागि पहल गरिने प्रतिबद्धता जनाएको प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकार रूपक सापकोटाले बताए ।
हमास र इजरायल बिच मध्यस्थताको भूमिकामा रहेको कतारले यसअघि पनि विपिन जोशीको रिहाका लागि प्रतिबद्धता जनाएको थियो । हिजो राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटघाटमा विपिन जोशीको रिहाका लागि अमिर शेखलाई पहल गर्न आग्रह गरिएको थियो । त्यहाँ पनि अमिर शेखले आफ्नो तर्फबाट पहल हुने प्रतिबद्धता जनाएका थिए ।
कतारी राजा नेपाल भ्रमणमा आउने भएपछि विपिन जोशीका परिवार काठमाडौँ आएर राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्ड दुवै जनालाई भेटेर जोशीको रिहाका लागि पहल गरी दिन कतारका राजा शेखलाई आग्रह गर्नका भनेका थिए ।नेपाल र कतारको बिच रहेको श्रम सहकार्यको क्षेत्रलाई पनि अगामी दिनमा विस्तार गर्ने विषयमा पनि कुराकानी भएको सल्लाहका सापकोटाले बताए ।
श्रम सहकार्यमा भएको कार्यलाई अझै नयाँ ढङ्गबाट अगाडि बढाउनेमा दुवै पक्ष सहमत भएको र त्यसमा चाँडै नै छलफल गरेर अगाडि बढ्ने कुराकानी भएको उनले बताए ।
लगानी सम्मेलन
प्रधानमन्त्री प्रचण्डले भेटघाटको क्रममा नेपालमा हुन गइरहेको लगानी सम्मेलनमा कतारको तर्फबाट लगानीका लागि आग्रह गरेको बताइएको छ ।
लगानीको सम्भावित क्षेत्रको बारेमा प्रधानमन्त्री प्रचण्डले कुरा राखेका थिए । प्रधानमन्त्री प्रचण्डले कृषि, शिक्षा, स्वास्थ्य, कनेक्टभिटीलगायतका क्षेत्रमा लगानी गर्न सक्ने सम्भावित क्षेत्रको विषयमा कुरा राखेका थिए । कतारको तर्फबाट अमिर शेख लगानीका लागि सकारात्मक रहेको र त्यसका लागि दुवै देशले छलफल गरेर प्रक्रियालाई अगाडि बढाउने कुराकानी भएको बताइएको छ ।
नेपाल र कतारको बिचमा हुने सहयोग र सहकार्य हुने सम्भावित क्षेत्रको बारेमा अध्ययन गर्न दुवै पक्षबाट कार्यदल बनाउने सहमति भएको सल्लाहकार सापकोटाले बताए । लगानी सम्मेलनमा मात्र होइन, अगामी दिनमा पनि कसरी एक अर्का देशको बिचमा सहकार्य र सहयोग गर्न सकिन्छ त्यसको बारेमा अध्ययन तथा कार्यान्वयनका लागि सो कार्यदल बनाउने सहमति भएको उनले बताए ।
दुई नेताहरूको बिचमा विश्वमा भइरहेको भूराजनीतिक द्वन्द्वमा कतारले शान्ति स्थापना तथा वार्ताका लागि कतारले खेलेको भूमिकाको प्रधानमन्त्री प्रचण्डले प्रशंसा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ बैशाख २०८१, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपिनको फोन गाजामा भेटियो, हमासको नियन्त्रणमा रहेको बीबीसीको दाबी
विपिन जोशीको रिहाइको पहल गरिदिन कतारका राजासँग राष्ट्रपति पौडेलको आग्रह
माओवादीले विपिन जोशीको रिहाइको लागि परराष्ट्रमन्त्रीलाई बुझायो ज्ञापन पत्र
राजदूत गोडेर र परराष्ट्र मन्त्री श्रेष्ठबीच भेटवार्ता, विपिनको खोजी गरिदिन आग्रह