काठमाडौँ । लगातार दुई दिन तोलामा ३८ सय रुपैयाँ घटेको सुनको मूल्य बुधवार पुनः ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५ सय रुपैयाँले बढ्दै १ लाख ३६ हजार रुपैयाँ कायम भएको हो ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला २७ सय रुपैयाँले घट्दै १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख ३५ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले बढ्दै १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ बैशाख २०८१, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्यमा नयाँ रेकर्ड कायम, तोलामा १ लाख ६२ हजार रुपैयाँ नजिक
सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ?
सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो
तोलामा २ हजार ३०० रुपैयाँले घट्यो सुनको मूल्य
सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ कायम
सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घट्यो,कतिमा हुदैँछ कारोबार?