एजेन्सी । ताइवानमा फेरी भूकम्प गएको छ । गएराती ताइवानको पूर्वी तटीय क्षेत्रमा ८० भन्दा बढी भूकम्पको धक्का महसुस गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । तीमध्ये सबैभन्दा बढी ६ दशमलव ३ र ६ रेक्टर स्केल मापन गरिएको थियो ।
भूकम्पको केन्द्रविन्दु पूर्वी काउन्टी हुआलियनमा जमिनबाट ५.५ किलोमिटर तल रहेको मौसम विभागले जनाएको छ । भूकम्पबाट हुआलीएनमा दुईवटा भवन भूकम्पबाट क्षतिग्रस्त भएको र एउटा भवन भत्किएको बताइएको छ । जापान, चीन र फिलिपिन्समा पनि हल्का भूकम्पको धक्का महसुस गरिएको थियो ।
यसअघि अप्रिल ३ मा ताइवानमा ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो जसमा १४ जनाको मृत्यु भएको थियो । त्यसबेला हुआलियन सहरमा पनि भूकम्प गएको थियो । यसको केन्द्र पृथ्वीबाट ३४ किलोमिटर तल थियो ।
ताइवानको केन्द्रीय मौसम ब्यूरोका अनुसार यो २५ वर्षयता ताइवानमा आएको सबैभन्दा शक्तिशाली भूकम्प हो । ताइवान टेक्टोनिक प्लेटहरूको संगममा अवस्थित छ । ताइवान दुई टेक्टोनिक प्लेटको संगममा अवस्थित एउटा देश हो, जसलाई भूकम्पका लागि संवेदनशील मानिन्छ ।
सन् २०१६ मा दक्षिणी ताइवानमा गएको भूकम्पमा परी १०० जनाभन्दा बढीको मृत्यु भएको थियो । यसअघि सन् १९९९ मा ७.३ म्याग्निच्युडको भूकम्पमा २ हजारभन्दा बढीको ज्यान गएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ११ बैशाख २०८१, १० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पश्चिम नेपालमा भूकम्पको चेतावनी
भूकम्पमा परी मानवीय क्षति छैनः प्रशासन कार्यालय, बाजुरा
बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प
मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प
बझाङमा लगातार दोस्रो दिन भूकम्प
बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प