काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्यले प्रतिक्रियावादीहरुले कम्युनिष्ट आन्दोलनलाई बद्नाम गर्न खोजेको बताएका छन् ।
१५५ औँ लेनिन जयन्तीको सन्दर्भमा सोमबार आयोजित साम्राज्यवादी युगमा लेनिनवादको महत्व विषयक अन्तरक्रिया कार्यक्रममा उनले आज सत्तामा कम्युनिष्ट नभएको भन्दै प्रतिक्रियावादीहरुले सत्तामा, सरकारमा कम्युनिष्ट छ केही पनि गर्न सकेको छैन भनेर बद्नाम मात्र गर्न खोजेको बताए ।
उनले भने, ‘आज सत्तामा कम्युनिष्ट छैन्, सबै प्रतिक्रियावादीहरुले सत्तामा, सरकारमा कम्युनिष्ट छ केही पनि गर्न सकेको छैन भनेर बद्नाम गर्ने काम गरेका छन् । हाम्रो भनाइ भनेको ती कम्युनिष्ट होइनन् । उनीहरुले कम्युनिष्टको नाम जप्छन् मात्रै ।’
कम्युनिष्ट आन्दोलन कमजोर भएको छ भए पनि लगातार काम गर्ने हो भने सफल हुने उनको भनाइ छ । यस्तै, उनले दक्षिणपन्थी अवसरवादीहरुले कम्युनिष्टको झण्डा चोरेर माक्र्सवाद, लेनिनवाद र माओवादको नाम जपेर संसदवाद र प्रतिक्रियवादको खेती गरिरहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० बैशाख २०८१, १९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले संविधान संशोधनको नौटङ्गी गरेको मोहन वैद्य पार्टीको आरोप
मोहन वैद्यको स्वास्थ्य सुधारोन्मुख
मोहन वैद्यको आईसीयूमा उपचार हुँदै
क्रान्तिकारी कम्युनिस्ट पार्टी बिचको एकता ऐतिहासिक महत्वको छ : मोहन वैद्य
मोहन वैद्यको क्रान्तिकारी कम्युनिष्ट र मशालबीच एकता घोषणा