काठमाडौँ । कोशी प्रदेशसभामा नेकपा एमाले र माओवादी केन्द्रले पेश गरेको सङ्कल्प प्रस्तावमाथि छलफल सुरु भएको छ। शुक्रबार बसेको बैठकमा मुख्यमन्त्री केदार कार्की विरुद्धको सङ्कल्प प्रस्तावमाथि छलफल सुरु भएको हो।
छलफलमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले अल्पमतमा परिसकेपछि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने नभए राजीनामा दिनुपर्ने धारणा राखे। १६८ को उपधारा ५ अनुसार बनेको सरकार चिरस्थायी हुने कहीँ पनि व्यवस्था नरहेको स्पष्ट पारे।
संवैधानिक इजलासले सरकार चिर स्थायी नहुने दलले मात्रै हैन सांसदले पनि समर्थन फिर्ता लिन पाउने व्याख्या गरेको आङ्वोको दाबी छ। संविधान अनुसार तत्कालै कोशी प्रदेशमा प्रदेशसभा विघटन नहुने उनले जिकिर गरे।
आङ्वोले अल्पमतमा परिसकेका कारणे सहज रूपमा राजनीतिक निकास दिन मुख्यमन्त्रीलाई आग्रह गरे।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०७ बैशाख २०८१, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनविरोधी हर्कत नगर्न कोशीका मुख्यमन्त्री कार्कीको चेतावनी
लागूपदार्थ दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ : मुख्यमन्त्री कार्की
महिलाको सामाजिक तथा राजनीतिक क्षेत्रमा स्थान हुनुपर्छ : मुख्यमन्त्री कार्की
पहिचान पक्षधरलाई सरकारले वार्तामा बोलायो
सशस्त्र प्रहरीको शान्ति सुरक्षामा महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेश सभाको अधिवेशन माघ पहिलो साता