धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले मुख्यमन्त्रीमा नेकपा एकीकृत संसदीय दलका नेता दीर्घ सोडारीलाई समर्थन गरेको छ । बिहीबार दिउँसो एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा सोडारीलाई समर्थनको पत्र दिएका हुन् ।
सत्तारुढ दलहरु एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका सोडारी एमालेको समर्थन नपाउँदा दाबी पेश गर्नबाट रोकिएका थिए ।
बुधबार एमालेले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नगर्ने अडान लिएको थियो । प्रदेश प्रमुख नजिर मियाले दाबी पेश गर्न बिहीबार साँझ ५ बजेसम्मको समय दिएका थिए । प्रदेश प्रमुखले दिएको समयको अन्तिमतिर एमालेले समर्थन दिएपछि सोडारी मुख्यमन्त्रीमा दाबी पेश गर्न जाने तयारीमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ बैशाख २०८१, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इद पर्वले राष्ट्रिय एकतालाई बलियो बनाउने छ : प्रदेश प्रमुख मियाँ
सुदूरपश्चिममा भोली सार्वजनिक बिदा
सुदूरपश्चिममा मुख्यमन्त्रीले बोलाएको बैठक निष्कर्षविहीन
स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि कर्मचारीले दिए धर्ना
सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै
सभापति चयनका लागि तय भएको विषयगत समितिको निर्वाचन स्थगित