काठमाडौँ । स्वर्गीय रामहरि श्रेष्ठकी श्रीमती रमिलाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सामु असुरक्षा बढेको गुनासो गरेकी छन् । हत्या आरोपी कालीबहादुर खाम पक्राउ परेपछि उनले आफू असुरक्षित भएको भन्दै गृहमन्त्रीसँग गुनासो गरेकी हुन् ।
खामलाई उन्मुक्ति नदिन छोरा लिएर गृहमन्त्रीको ध्यानाकर्षण गराउन पुगेकी रमिलासँग कुराकानी गर्दै कानून अनुसार दोषी कारबाही गर्न कसैले रोक्न नसक्ने बताएका छन्।
गृहमन्त्रीले भने, ‘न्याय माग्ने कुरामा तपाईँले चिन्ता गर्नुपर्दैन। तपाईँको जिम्मा सरकारले लिन्छ। तपाईँलाई त्यस्तो लाग्छ भनेर गृह मन्त्रालयलाई एउटा निवेदन दिनुस्। तपाईँ सेफ हुनुहुन्छ।’
अनुसन्धानमा प्रहरी प्रशासनबाट हुने कुनै कमीकमजोरी नहुने आश्वासन दिएका छन्। कालीबहादुर खाममाथि अनुसन्धान गर्ने कुरामा माओवादीको नेतृत्वमा सरकार भएकाले असर नगर्ने दाबी गरेका गरे। अनुसन्धानको विषय भएकाले सरकारको कसको नेतृत्वमा छ भन्ने कुरा गौण भएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ बैशाख २०८१, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी : उपप्रधानमन्त्री सिंह
बागमती सभ्यतालाई कायम राख्न भइरहेका कामकारबाहीप्रति शहरी विकास मन्त्रीले जनाए असन्तुष्टि
प्रधानमन्त्रीसँग माल्दोभाका उपप्रधानमन्त्रीको भेट
पूर्व विशिष्टलाई सुविधा थप्ने सरकारको तयारी छैन : उपप्रधानमन्त्री सिंह
अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गरौँ : उपप्रधानमन्त्री सिंह
एकैदिनमा देश बन्दैन, राष्ट्र निर्माणमा सबैको सहभागिता जरुरी छ : उपप्रधानमन्त्री सिंह