काठमाडौँ । माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइ नेपाल आएका छन् । सोही क्रममा उनले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुईपक्षीय सम्बन्ध र हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उनीहरुबीच जलवायु परिवर्तन, शिक्षा, संस्कृति र व्यपारिक सम्बन्ध विस्तारका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री ओलीले हिमालदेखि समुुद्रसम्मको सुरक्षालाई केन्द्रमा राखेर जलवायु परिवर्तनका मुद्धामा नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा सगरमाथा संवाद कार्यक्रम गर्न लागेको र त्यसमा सहभागिताका लागि आग्रह समेत गरेको सचिवालयको भनाइ छ ।
भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललगायत सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ चैत्र २०८१, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्व विशिष्टलाई सुविधा थप्ने सरकारको तयारी छैन : उपप्रधानमन्त्री सिंह
अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गरौँ : उपप्रधानमन्त्री सिंह
एकैदिनमा देश बन्दैन, राष्ट्र निर्माणमा सबैको सहभागिता जरुरी छ : उपप्रधानमन्त्री सिंह
आर्थिक सम्पन्नताका लागि वर्तमान गठबन्धनको सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
काम गर्नेहरूलाई हावादारी गफ गर्नेसँग तुलना नगरौं : उपप्रधानमन्त्री सिंह
विदेशमा काण्ड मच्चाएकाहरु ठूलो नेता बन्छु भनेर लागेका छन् : उपप्रधानमन्त्री सिंह