नयाँ दिल्ली । बलिउड अभिनेत्री शिल्पा शेट्टीको पति राज कुन्द्राको ९७ करोड भारुको सम्पत्ति जफत गरिएको छ । भारतको कानून पालना गर्न लगाउने निकाय प्रवर्तन निदेशालय (ईडी) सम्पत्ति शुद्धिकरण रोकथाम ऐन (पीएमएलए) २००२ अन्तर्गत व्यापारी राज कुन्द्राको ९७ करोड ७९ लाख भारुको चलअचल सम्पत्ति जफत गरेको हो ।
ईडीले दिएको जानकारी अनुसार जफत गरिएको सम्पत्तिमा राज कुन्द्राकी पत्नी तथा बलिउड अभिनेत्री शिल्पा शेट्टीको नाममा जुहूमा रहेको फ्ल्याट पनि परेको छ । यस बाहेक राज कुन्द्राको नाममा रहेको पुणेमा रहेको फ्ल्याट र इक्विटी शेयर पनि जफत गरिएको छ ।
सन् २०२१ को जुलाईमा मुम्बई प्रहरीले व्यापारी राज कुन्द्रालाई अश्लील फिल्म बनाएको आरोपमा पक्राउ गरेको थियो । यस मामिलामा राज कुन्द्राले पछि जमानत रिहा भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ बैशाख २०८१, १३ : ५७
लेखकबाट थप