नयाँ दिल्ली । भारतको कानुन कार्यान्वयन गराउने निकाय प्रवर्तन निर्देशालय अर्थात् ईडीले बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनको पति राज कुन्द्राको घरमा छापा मारेको छ। सम्पत्ति शुद्धीकरण मामिलामा ईडीले शुक्रवार एका बिहानैदेखि कुन्द्रको घरलगायत विभिन्न स्थानमा छापा मारेको हो ।
अनुसन्धान निकायले १५ स्थानमा खोजी कार्य गरिरहेको भन्दै भारतीय सञ्चारमाध्यमहरूले समाचार छापेका छन् । महाराष्ट्र लगायत उत्तर प्रदेशका कयौँ सहरमा खोजी अभियान चलिरहेको भनिएको छ ।
रिपोर्टका अनुसार यो छापा रेड मोबाइल एपमार्फत अश्लील सामग्री निर्माण र वितरणमा लगाएको प्रतिबन्धसँग पनि सम्बन्धित छ । यस मामिलामा मुम्बई प्रहरीले यसअघि राज कुन्द्रालाई पक्राउ गरेको थियो ।
यस मामिलामा, राज कुन्द्रालाई मुम्बई पुलिसले २०२१ मा गिरफ्तार गरेको थियो । तर पछि उनी जमानतमा रिहा भए । हिजोआज चाँहि उनी अजय भारद्वाजसँग सम्बन्धित बिटक्वाइन ठगीसँग सम्बन्धित छुट्टै सम्पत्ति शुद्धीकरण मामिलामा भइरहेको छानबिनको दायरामा आएका छन् । ईडीले अनुसन्धानका लागि शिल्पाको जुहुस्थित बङ्गला कब्जामा लिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ मंसिर २०८१, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिल्पा शेट्टी दम्पत्तिविरुद्ध धोकाधडीको उजुरी