इस्लामावाद । कयौं दिनदेखिको भारी वर्षाका कारण यतिबेला पाकिस्तानको दक्षिण पश्चिम क्षेत्र तहसनहस छ । वर्षाका कारण कम्तीमा पनि ३९ जनाले ज्यान गुमाएका छन् । यीमध्ये केहीको मृत्यु गहुँ काटिरहेको समयमा चट्याङ पर्दा भएको बताइएको छ । अनलाइनमा देखिएका केही तस्बिरमा वर्षाको पानीले खेतबारी चुर्लुम्म डुबेको देखिन्छ ।
अचानकको बाढीका कारण बिजुलीको आपूर्ति बन्द भएको छ भने सडकमा आवागमन प्रभावित भएको बताइएको छ । जलवायु परिवर्तनसँगै पाकिस्तानमा विषम मौसमी अवस्था बढेका छन् ।
सन् २०२२ मा देशको एक तिहाइ क्षेत्र बाढीको प्रकोपमा पर्दा १ हजार ७०० भन्दा धेरैको मृत्यु भएको थियो भने दर्जनौँ मानिस घाइते भएका थिए । त्यतिबेला दसौँ लाख मानिस घरबार विहीन बन्दा महिनौँ सम्म पिउने सफा पानीको अभाव थियो ।
सन् २०२२ मा आएको बाढीका कारण प्रभावित खैबर पख्तुन्खवा र बलूचिस्तानलगायत क्षेत्र हालैका आँधीबेहरीको चपेटामा आएका छन् ।आगामी केही दिनमा थप भारी वर्षा हुन् पाकिस्तानको मौसम विभागले चेतावनी जारी गरिरहँदा त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले पहिरो खस्ने र बाढी आउन सक्ने चेतावनी दिइरहेको छ ।
शुक्रबारदेखि शनिबारको बीचमा चट्याङमा परेर पन्जाबमा सबैभन्दा धेरै २१ जनाको मृत्यु भएको भन्दै एएफपीले समाचार छापेको छ । सुदुरपश्चिम बलूचिस्तान प्रान्तमा पनि कम्तीमा ८ जनाको मृत्यु भएको छ । अधिकारीहरूले यस क्षेत्रमा आपतकालको घोषणा गरेका छन् । सोमबार र मङ्गलवार प्रान्तका विद्यालयहरू बन्द गर्न आदेश दिइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ बैशाख २०८१, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानमा १४औं साग आयोजनाका लागि बैठक आह्वान
इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते
पाकिस्तानका सोहेब मक्सुद जनकपुर बोल्ट्सबाट एलपीएल खेल्ने
पाकिस्तानले जित्यो अस्ट्रेलियासँगको ओडिआई सिरिज
पाकिस्तानले बढायो सेना प्रमुखको कार्यकाल सीमा
पाकिस्तानको दक्षिण-पश्चिम क्षेत्रमा बम बिष्फोट : १३ जनाको मृत्यु, २५ घाइते