सुनको मूल्यमा नयाँ कीर्तिमान, एकैदिन बढ्यो १ हजार ७ सय रुपैयाँ

सफल खबर संवाददाता

मंगलबार, ०४ बैशाख २०८१, ११ : २७
सुनको मूल्यमा नयाँ कीर्तिमान, एकैदिन बढ्यो १ हजार ७ सय रुपैयाँ

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम गरेको छ ।

 

लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन सोमवारको तुलनामा १ हजार ७ सय रुपैयाँले उकालो लागेर १ लाख ३९ हजार २ सय रुपैयाँ निर्धारण भएको छ।

 

तेजाबी सुन आज प्रतितोला १ लाख ३८ हजार ५ सय ५० रुपैयाँ निर्धारण भएको छ ।त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ५० रुपैयाँ निर्धारण भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस