काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा)को कैलाश चौधरी पक्षले पनि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेको छ । कैलाश केन्द्रीय सत्ता गठबन्धनमा नाउपाका रञ्जिता श्रेष्ठ पक्षधर हुन् ।
उनले नाउपा, नेकपा एमाले, माओवादी केन्द्र, स्वतन्त्रसहितका सांसदको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । यसअघि कांग्रेससहितको समर्थनमा नाउपाकै लक्ष्मणकिशोर चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।
कैलाश पक्षधरले एकीकृत समाजवादीको समेत समर्थन रहेको बताएको छ । दोहोरो दाबी परेपछि मुख्यमन्त्री नजिर मियाँले कानुनी छलफल गरेर निर्णय गर्ने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ बैशाख २०८१, १६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
थप दुई क्रिकेट खेलाडीले तलब पाउने
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले प्रस्तुत गरे सय दिनको उपलब्धि
२ लाख रुपैयाँसहित २६ जुवाडे पक्राउ
केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी
संसदीय समितिका सभापतिको निर्वाचन असोज ११ गते हुने