काठमाडौँ । गृह मन्त्रालयले विना अनुमति हिँड्डुल गर्ने विदेशी नागरिकको सूक्ष्म निगरानी गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।
मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले ७७ वटै जिल्लाका सिडिओलाई पत्र पठाएर कतिपय विदेशी नागरिक विनाप्रवेशाज्ञा हिँड्डुल गर्ने गरेको भन्दै विदेशी नागरिकको कानूनविपरीतका गतिविधिको सूक्ष्म निगरानी गरेर आवश्यक कारबाही गर्न निर्देशन दिएको हो ।
विभिन्न जिल्लामा धर्म प्रचार(प्रसार तथा धर्म परिवर्तनको नाममा विभिन्न व्यक्ति तथा संस्थाले धार्मिक सम्मेलन तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको र त्यस्ता धार्मिक प्रशिक्षण कार्यक्रममा सहभागी भएका विदेशी नागरिकले गैर कानुनी रूपमा धर्म प्रचार(प्रसार तथा धर्म परिवर्तन गर्ने कार्यमा समेत संलग्न भइरहेको गृह मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० चैत्र २०८०, १५ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहले गर्यो एक सिडिओसहित दुई उपसचिवको सरुवा
सात जिल्लाका सिडिओसहित १३ अधिकारीहरूको सरुवा (सूचीसहित)
गृह मन्त्रालयले गर्यो ६ जिल्लाका सिडिओ परिवर्तन (सूचीसहित)
स्ववियु चुनावको मतगणना नसकिएसम्म सुरक्षा व्यवस्था गर्नू : गृह मन्त्रालय
२०८२ सालमा दिइने सार्वजनिक बिदा राजपत्रमा प्रकाशित (सूचीसहित)
पाथीभरा केवलकार विवादमा गृह मन्त्रालयद्वारा फेरि वार्ता आह्वान