काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले देश औद्योगिकरण हुन नसक्नुको कारण पहिचान गरी देशलाई आधुनिक र औद्यागिक मुलुकमा रुपान्तरण गर्न आवश्यक रहेको बताएका छन् ।
बुधवार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले देश औद्योगिकरण हुन नसक्नुको आधारभुत कारण खोज्न जरुरी रहेको बताए । उनले देशका राष्ट्रिय उद्योग धन्दाहरुलाई विकास गर्न सक्नुपर्ने बताए ।
खनालले पानीजन्य उद्योगको विकास गर्न पनि आवश्यक नीति बनाउन नसकेको बतउनु भयो। विदेशीहरुको अपेक्षा गरेर मात्रै देशको विकास सम्भव नहुने पनि बताए ।
उनले भने, ‘देश औद्योगिकरण हुन नसक्नुको कारण के हुन्, आधारभुत कारणहरु हामीले खोज्नुपर्छ । आधारभुत कारणलाई निवारण नगरेसम्म देशलाई आधुनिक र औद्यागिक मुलुकमा रुपान्तरण गर्न सकिँदैन । देशलाई औद्योगिकीकरणतर्फ लैजानैपर्छ ।’
पूर्वप्रधानमन्त्री खनालले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशामा नेपाल संकटग्रस्त बनेको बताए । निजी क्षेत्रले अघि सारेका समस्या समाधान गर्नसके मात्रै देशको राष्ट्रिय अर्थतन्त्रले गति लिनसक्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ चैत्र २०८०, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्ता समीकरणको एकतालाई समझदारीयुक्त बनाउन प्रधानमन्त्री प्रचण्डलाई खनालको आग्रह
नयाँ वर्षमा नेता खनालको आह्वान- घमण्ड त्यागौं, कम्युनिस्ट आन्दोलन पुनर्गठन गरौं
इलाम–२ मा नेकपा एकीकृत समाजवादीले जित्छ : झलनाथ खनाल
सरकारले सही ढङ्गले काम नगर्दा राजावादीहरू प्रदर्शनमा उत्रिए : झलनाथ खनाल
विमानस्थलमा विद्या भण्डारी र झलनाथ खनालको जम्काभेट
आवश्यक नभएकालाई जति कन्याए पनि पार्टी बन्दैन : झलनाथ खनाल